|
२०८२ मंसिर ७
काठमाण्डौैँ । नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ८ जना पक्राउ परेका छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेहरुमा भारतका आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ बर्षिय राजा यदुल,३५ बर्षिय महेश बाबु,३० बर्षिय पण्डित श्रीविवासुलु, २० बर्षिय सेख सोयब, ३० बर्षिय नभिन मड्डेला, ३२ बर्षिय महमद रफी सेख, १९ बर्षिय साई कुमार तम्मिसेट्टी र २८ बर्षिय सेख चन्द बसल छन् ।
उनीहरुलाई अनलाइन बेटिङ साइटमार्फत सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ८ जनाको साथबाट १५ थान मोबाइल बरामद गरिएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौँमा पठाइएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्