सावित्राबिना त्रिकोणात्मक सिरिज खेल्दै नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ६

काठमाण्डौँ । स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बिना नै नेपालले इण्डोनेसियामा हुने त्रिदेशीय महिला फुटबल प्रतियोगितामा खेल्ने तयारी गरेको छ।
आगामी नोभेम्बर २६ देखि इण्डोनेसियामा नेपाल, घरेलु टोली र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय प्रतियोगिता हुँदैछ ।

स्टार स्ट्राइकर सावित्राबिना नै नेपाली टोलीले आफूभन्दा बलियो चाइनिज ताइपेईसँगै इण्डोनियालाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षणमा नेपाली टोलीले पछिल्लो दुई हप्तादेखि तयारी गरिरहेको छ । प्रशिक्षक न्यौपानेले युवा खेलाडी मीना देउवा र पूर्णिमा राई जस्ता युवा खेलाडीलाई अवसर दिएका छन्। सावित्राको अनुपस्थितिमा युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने अवसर पनि हुनेछ ।

२७ सदस्यीय प्रारम्भिक टोलीबाट प्रशिक्षक न्यौपानेले २३ सदस्य टोली छनोट गरेका छन् ।

नेपाल महिला राष्ट्रिय फुटबल टोली आगामी ट्राइ नेशन कप खेल्न आइतवार इण्डोनेशिया जाँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *