एन्फा र क्लबको बैठक खेलाडीसहित बस्ने गरि सकियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाण्डौँ । बिहीबारको अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगका क्ललबहरूको बैठक मंसिर ७ गते खेलाडीसहित बस्ने गरि सकिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान क्लबका पदाधिकारीहरू विरोधमा उत्रिएपछि एन्फाले बैठकमा बोलाएको थियो ।

बैठकमा क्लबहरूले पहिलाकै सहमतिअनुसार राष्ट्रिय लिग गर्नुपर्ने अडान राखेका थिए । स्रोतका अनुसार एन्फाले भने खेलाडीहरूको विरोधका कारण ए डिभिजन लिगमा जान परेको बिफ्रिङ गराएको थियो । त्यसैले ७ गते तीन पक्षबीच नै बैठक राखेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *