|
२०८२ कार्तिक १७
काठमाडौँ – आइसिसी महिला एकदिवसीय विश्वकपको उपाधि भारतले जितेको छ। मुम्बईको डिवाई पाटिल स्पोर्ट्स एकेडेमीमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलोपटक विश्वकप च्याम्पियन बनेको हो।
पहिले ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा २९८ रन बनायो। सफाली वर्माले ८७ र दिप्ती शर्माले ५८ रनको योगदान गरिन्। जवाफी ब्याटिङमा दक्षिण अफ्रिका २४६ रनमै अलआउट भयो। भारतकी दिप्ती शर्माले ५ विकेट लिएर शानदार प्रदर्शन गरिन्।
यस जितसँगै भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकपको इतिहासमा पहिलोपटक उपाधि जित्दै नयाँ अध्याय लेखेको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्