|
२०८२ कार्तिक १६
काठमाण्डौँ । न्युजिल्यान्डका ब्याटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३५ वर्षीय विलियमसनले सन् २०११ को अक्टोबरमा डेब्यु गरेदेखि न्युजिल्यान्डका लागि ९३ टी–२० क्रिकेट खेलेका छन् ।
केन विलियमसनले ९३ खेलमा ३३ दशमलव ४४ को औसतमा १८ अर्धशतकसहित २ हजार ५७५ रन बनाएका छन् । उनले ७५ खेलमा कप्तानी गर्दै सन् २०१६ र २०२२ को टी–२० विश्वकपको सेमिफाइनल तथा २०२१ को फाइनलसम्म पुर्याएका थिए ।
क्रिकेटको सबैभन्दा छोटो फम्र्याटबाट सन्न्यास लिएका विलियमसनले एकदिवसीय र टेस्ट क्रिकेटलाई भने निरन्तरता दिनेछन् ।
विलियमसनले सीमित ओभरको क्रिकेटको कप्तानी मिचेल सान्टनरलाई हस्तान्तरण गरिसकेका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्