३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक, युएईलाई १ सय ३४ रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ३ वर्ष ७ महिनापछि एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शारजहा क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध भइरहेको खेलमा उनले शतक प्रहार गरेका हुन् ।

उनको करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका गिए।

त्यसको ३ वर्ष ७ महिना ५ दिनपछि उनले पुनस: आफ्नो ब्याटमार्फत शतक बनाएका हुन् ।

यस्तै, नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ युएईलाई २३४ रनको मध्यम लक्ष्य दिएको छ।

आईसीसी एकेडेमी, दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *