नेपाली पुरुष फुटबल टिमका प्रशिक्षक रोसले राजीनामा दिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाण्डौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् ।

रोसको राजीनामा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले जानकारी दिएका छन् ।

यसअघि गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रोसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल सुरु हुन लाग्दा प्रशिक्षक नियुक्त भएका रसले राजीनामा दिनुको कारणबारे खुलेको छैन ।

रसको आगमनपछि नेपाली फुटबल टोलीले खेलेका ७ अन्तर्राष्ट्रिय खेलमा १ जित हात पार्दा २ बराबरी र ४ हारको नतिजा आएका छन् ।

रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिंगापुरलाई हराएको थियो भने त्यसपछि जित निकाल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *