काठमाडौं, असोज २२ — टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ। ओमानमा आयोजना हुने खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट हुने प्रतियोगितामा नेपालसहित ९ टोली सहभागी छन्। ती टोलीहरू तीन समूहमा विभाजित छन्:
- समूह ‘ए’: मलेसिया, कतार, युएई
- समूह ‘बी’: नेपाल, कुवेत, जापान
- समूह ‘सी’: ओमान, पपुवा न्यूगिनी, सामोआ
नेपालले आज कुवेतसँग खेल्नेछ भने आउँदो शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
यसै प्रतियोगिताअन्तर्गत आजै दुई अन्य खेलहरू पनि हुँदै छन्— ओमानले सामओसँग तथा युएईले कतारसँग प्रतिस्पर्धा गर्ने छन्।
सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलहरू हुँदै छन्, जसमा प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। त्यहाँबाट शीर्ष तीन टोलीले सन् २०२६ मा हुने टी–२० विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन्।
नेपालले यस चरण पार गर्दै विश्वकपको यात्रा तय गर्ने लक्ष्य लिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्