
सोलुखुम्बु ः सोताङ गाउँपालिकामा भएको तेस्रो अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा पुरुष तर्फका उपाधी सोताङ ५ को ए टिमले जितेको छ । सोताङ गाउँपालिका ५ ‘डी’ लाईपछि पार्दै उपाधी सोताङ ५ ए टिमले जितेको हो ।
गत माघ १५ गतेबाट सुरुभएको प्रतियोगितामा दोस्रो स्थान सोताङ ५ टिम डी भएको छ । यसैगरि, तेस्रो सोताङ गाउँपालिका १ भएको छ भने सान्वता थुलुङ दुधकोशी गाउँपालिका ७ टिम ए भएको छ । विजेता टिमले शिल्ड मेडल र प्रमाण साथमा नगद ७५ हजार, ५० हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । यस्तै महिला तर्फको उपाधी माप्य दुधकोशी गाउँपालिका ७ ले प्राप्त गरेको छ । अध्यक्ष कपको महिला तर्फ सोताङ गाउँपालिका ५ लाई पराजित गर्र्दैै उपाधी उपाधि हात पारेको होे । गत माघ १५ गतेबाट सुरुभएको प्रतियोगितामा दोस्रो स्थान सोताङ ५ भएको छ भने तेस्रो महाकुलुङ गाउँपालिका १ भएको छ भने सान्वता सोताङ २ भएको छ ।
विजेता टिले शिल्ड मेडल र प्रमाण साथमा नगद ४० हजार, ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा महिला तर्फ १० टिमको सहभागिता रहेको थियो । पुरुष तर्फको उत्कृष्ट खेलाडीको उपाधी सोताङ ५ ए टिमका पवन बस्नेतले प्राप्त गरेका छन् । उत्कृष्ट स्पाइकर सोताङ ५ कै ए टिमका सञ्जय बस्नेतले प्राप्त गरेका छन् । बेस्ट सेटर सोताङ ५ ए टिमका केसब कट्वाल, बेस्ट सर्भर सोताङ ५ वि टिमका मोनिल तामाङले प्राप्त गरेका छन् भने बेस्ट लिवेरो सोताङ ५ वि टिमका सुजन तामाङले प्राप्त गरेका छन् ।
महिलातर्फ सर्वाेत्कृष्ट खेलार्डी माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ७ की चाँदनी राइ भएकी छिन् । उत्कृष्ट स्पाइकर महाकुलुङ १ की जुनु राई, उत्कृष्ट सेटर माप्यदुधकोशी ७ की सिर्जना राई, उत्कृष्ट सर्भर सोताङ ५ की स्वस्तिका राई भएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया