|
२०८२ पुष ८
काठमाडौं । नेकपा (एमाले) का निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनपछिको समीक्षा भेलालाई गलत रूपमा नबुझ्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले प्रतिस्पर्धी समूहबीच भएको सामान्य छलफल र बिदाइलाई लिएर अनावश्यक तरंगित नहुन नेताकार्यकर्तालाई अनुरोध गरे।
पोखरेलले महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोध नहुने स्पष्ट गर्दै आत्मसमर्पण होइन, समान र सम्मानजनक व्यवहार सबैको अपेक्षा भएको बताए।
विगतजस्तो विभाजन दोहोरिन नदिने, संस्थागत निर्णयको पालना गर्ने र पार्टी एकता मजबुत बनाउनेमा सबै केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्