
काठमाडौं : केही दिनदेखि सामाजिक सञ्जालमा अधवैंशे पुरुष र महिलाको ‘आपत्तिजनक’ सीसीटीभी भिडिओ भाइरल भइरहेको छ । भिडिओमा देखिएका व्यक्तिहरू शिक्षक जस्तो देखिएका छन् भने उनीहरू कार्यालयभित्र चुम्बन गरिरहेको देखिएका छन् ।
उक्त भिडिओको ब्याकग्राउन्डमा नेपाली फिल्म ‘अर्जुन’ को चर्चित गीत ‘मास्टर साहेब सिकाइदेऊ पिरती’ बोलको गीत बज्छ । भिडिओ पोस्ट गर्दा स्ट्याटसमा पनि मास्टर साहेब सिकाइदेउ पिरती लेखिएका छन् । धेरैले यसलाई नेपालकै जस्तो गरी आ–आफ्नो प्लेटफर्ममा शेयर गरिरहेका छन् । तर, यो भिडियोको साइनो नेपालसँग छैन । यो नेपालको कुनै विद्यालयको होइन ।
भारतीय मिडियाका अनुसार, अहिले फैलिरहेको भिडियो फुटेज भारत राजस्थानको चित्तौडगढ जिल्लाको हो । भिडियो फुटेजमा सरकारी विद्यालयका शिक्षक र शिक्षिका विद्यालयको प्रिन्सिपल चेम्बरमा ‘अश्लील हर्कत’ गर्दै गरेको देखिन्छन् । उनीहरूको हर्कत सबै सीसीटीभी क्यामेरामा कैद भएको थियो ।
यो घटना जनवरी दोस्रो सातातिरको हो । गत साता भारतीय सोसल मिडिया प्रयोगकर्तामाझ यो भिडियो ‘भाइरल’ बनेको थियो । भिडियोमा देखिएका शिक्षक अरबिन्द व्यास र शिक्षिका कान्ता पाण्डिया रहेको भारतीय मिडिया नवभारत टाइम्सले लेखेको छ । दुवै जना राजकीय उच्च प्राथमिक विद्यालय आजोलियाको खेडा, पञ्चायत समिति गंगरारमा कार्यरत थिए ।
यो गतिविधिलाई ‘माफी दिन नसकिने घृणित र अश्लील हर्कत’ भन्दै उनीहरूलाई राज्यको शिक्षा विभागले सरकारी सेवाबाट बर्खास्त गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया