दाहाललाई गोकुलको झटारो : बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ ४

काठमाडौँ : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भनेका अभिव्यक्तिमाथि टिप्पणी गरेका छन्।

बाँस्कोटाले आज सामाजिक सञ्जालमा लेख्दै दाहालले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ भन्दै प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याए छन्। बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो? प्रमाण त छैन तर शंकाको सुविधा पाइयो। सजिलै गणतन्त्र खतरामा? आउछ के र को? जवाफ खै?’

यसअघि हिजो बिहीबार चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै दाहालले सरकार यही किसिमले अघि बढे राजनीतिक दुर्घटना हुने धम्की दिएका थिए। अध्यक्ष दाहालले भनेका थिए, ‘अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ। त्यस कारण हामी आम जनतालाई सतर्क रहन आग्रह गर्दा हामीले सदनबाट पनि संविधान, लोकतन्त्र, समावेशी र समानताको पक्षमा उभिनुपर्छ।’

उनले अहिलेको उपलब्धि खोस्न खोजियो भने देश राजनीतिक दुर्घटनातिर जाने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *