झोलुङ्गे पुलबाट खसेर ठकुरीको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २२

जोमसोम : मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।

मुस्ताङको घरपझोङ—४ जोमसोमस्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर शनिबार पोखरा महानगरपालिका—३० गगनगौडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जोमसोमस्थित नेपाली सेनाको क्याम्प अगाडि ईलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाईटीको भवनमा भाडामा बस्दै आइरेहका थिए। कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडिको झोलुङ्गे पुल प्रयोग गर्ने गर्थे।

पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्धार गरी जोमसोम अस्पताल पुर्‍याएको थियो। ठकुरीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *