गलले हानेर बाबुले गरे छोराको हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २२

सिन्धुली : सिन्धुलीमा शनिबार राती फलामको गलले हानेर बाबुले छोराको हत्या गरेका छन् ।

हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ चपराका ७६ वर्षिय डुमानसिंह सार्कीले छोरा ४५ वर्षिय माईला भन्ने लिलाबहादुर पुर्कोटी सार्कीलाई गलले हानेर हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार साढे ८ बजे राती घरायसी विवाद हुँदा डुमानसिंहले छोरा लिलाबहादुरलाई फलामको गलले टाउको र डाढमा प्रहार गरेका थिए ।

बाबुले गलले प्रहार गरेर घाईते भएका लिलाबहादुरलाई राती नै जिल्ला हस्पताल मकवानपुरमा उपचारका लागि लगिएकोमा साढे १० बजे राती मृत्यु भएको थियो । मृतकको शव आइतबार पोष्टमार्टम गरि आमा बिल्कु सार्कीले बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।

बाबु डुमानसिंहलाई आइतबार पक्राउ गरी सिन्धुली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको काफ्लेले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *