छापा मार्दा भेटिए १५० वटा बम

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १७

काठमाडौँ : अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) ले भर्जिनियामा छापा मार्दा १५० बम बरामद गरेको जनाएको छ।

बीबीसीका अनुसार यो अमेरिकाको इतिहासमै ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद भएको हो। आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो।

एफबीआईलाई उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी प्राप्त गरेको थियो। उनको घरको सुत्ने कोठामा भेटिएको असुरक्षित झोलामा ‘नो लाइभ म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

वास्तवमा, ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिन्छ।

ब्राडका वकिलले भने उनीविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *