विप्लवले काठमाडौँ उपत्यकामा ‘सी व्यापार केन्द्र’ संचालनमा ल्याउने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १६

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँ उपत्यकामा ‘सी व्यापार केन्द्र’ संचालनमा ल्याउने भएको छ।गत मंसिर २७ देखि पौष २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय गरेको हो।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको निर्णयमा पार्टीलाई मात्र नभई देशलाई नै आत्मनिर्भरतातिर लैजान नयाँ आर्थिक मार्गको विचारलाई कार्यन्वयन गर्ने, कृषि उत्पादनसहित उद्योग संचालनका लागि अध्ययन अगाडि बढाउने लगायतका निर्णय गरेको छ।

विप्लव नेतृत्वको नेकपाले देशभर करिब १५० विघा जमीनमा सामूहिक खेती गर्दै आएको छ। विप्लवले आफूहरु कम्युनिष्ट जाति भएको भन्दै थरको ठाउँमा सी लेख्ने अभ्यास सुरु गरेका छन्। त्यसै अनुसार व्यापार केन्द्रलाई पनि ‘सी व्यापार केन्द्र’ राखेका हुन्। त्यस्तै बैठकले क्रान्तिकारी पार्टीहरूसँग एकता र मित्र पार्टीसँग मोर्चामा सहकार्य गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *