तेह्रथुममा टिकटक बनाउने क्रममा खोलामा खसेर दुई जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ७

तेह्रथुम : खोला किनारामा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको टिकटक बनाउने क्रममा मृत्यु भएको हो।

उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरू खोलामा बगेका थिए। खोलामा बगेका उनीहरूको शव आज परिवारलाई हस्तान्तरण गरिदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *