
काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए ।
‘कतिपय चुनौतीहरू अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौती छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यी सबै कुरालाई ओझेलमा राखेको छ’ उनले भने, ‘अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्ने कुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो सङ्ख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । त्यस्तो विडम्बनामा हामीले बाँच्नुपरिरहेको छ ।’ उनले लोकतन्त्र भनेको विचारको बजार भएको समेत बताए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको सङ्ख्या नभएर जादु रहेको बताएकाे कुरा स्मरणा गर्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आउनुभएको टिप्पणी गरे । उनले विडम्बनापूर्ण अवस्थामा नेपाली नागरिकहरू बाँच्नु परिरहेको बताउँदै अहिले पनि धेरै चुनौतीहरू व्यहोर्नु परिरहेको बताए । उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको समेत बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया