×

सोलु कारागारका ४ जनाको कैद मिनाह

जेष्ठ १५, २०८० | दाक्सु मिडिया सम्वाददाता

गणतन्त्र दिवसका अवसरमा जिल्ला कारागार कार्यालय सोलुखुम्बुबाट चार जनाको कैद मिनाह भएको छ । जिल्ला कारागार सोलुखुम्बुको सिफारिसमा गृह मन्त्रायलले पठाएको पत्र अनुसार राष्ट्रपति कार्यालयबाट विभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका चार जनालाई रिहाई गरिएको हो ।

कैद मिनाह हुनेहरुमा सोलुदुधकुण्ड नगरपालिका ७ का ४९ वर्षीय गोपाल थापा कर्तव्य ज्यान मुद्धाका र सोही ठेगानाका ३१ वर्षीय सानुकाजी भुजेल चोरी मुद्धाका रहेका छन् । यस्तै सोलुदुधकुण्ड नगरपालिका १ का २१ वर्षीय ङिमा दोर्जी शेर्पा र ३४ वर्षीय मिङमा तेन्जी शेर्पा ज्यान मार्ने उद्योगका रहेका कारागार प्रमुख प्रसान्त कुमार महतोले जानकारी दिए ।

५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरिसकेका उनीहरुलाई असल चालचलनको आधारमा कैद मिनाहका लागि जिल्ला कारागारले केन्द्रीय कारागारमा सिफारिस गरेको थियो ।

हाल जिल्ला कारागारमा ५ जना महिला र ५३ जना पुरुष गरी कुल ५८ जना कैदीबन्दी रहेका छन् । यद्यपी कारागारको क्षमता भने महिला ५ र पुरुष २० गरी कुल २५ जनाको मात्रै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: