गोरखा पुगेर प्रचण्डले भने- मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक २४

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्र गोरखाका कच्ची सडक कालोपत्र गरिने बताएका छन्।

उनले धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक भई आफू निर्वाचन क्षेत्रका गाउँ-गाउँ पुगेकोले अबको ५ वर्षभित्र ती सडक कालोपत्र गरिने बताए।

भच्चेकमा आज भएको कोणसभामा बोल्दै प्रचण्डले भच्चेकलाई पर्यटकीय केन्द्र बनाउने पनि बताए।

विदेशी पर्यटकसमेत भच्चेक क्षेत्रमा आउने वातावरण बनाउन आफूले भूमिका खेल्ने उनको भनाइ थियो।

उनले आफूलाई विजयी गराएर पठाएमा सिंगो गोरखा जिल्लाको विकास निर्माणमा लाग्ने बताएका थिए।

‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने। उनले संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न पनि आग्रह गरेका थिए। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन पनि आग्रह गरेका थिए।

उनले कांग्रेस र माओवादीबीच सहमतिपछि देशमा शान्ति आएको पनि बताएका थिए।

उनले राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन सकेन भने व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको बताएका थिए।

‘संविधान रक्षाको साथै आर्थिक समृद्धिका लागि अहिले गठबन्धन गरिएको हो। मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो,’ उनले भने।

कोण सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गोरखा २ प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार सुरेन्द्र पाण्डेले प्रचण्ड भविष्यमा प्रधानमन्त्री बन्न सक्ने भएकोले विकास निर्माणका योजना ल्याउन र कार्यान्वयन गर्न सजिलो हुने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *