|
२०७८ चैत्र १०
सोलुदुधकुण्ड नगरपालिकाले बोस एडभेन्चर प्रा.ली संग सहकार्य गरी एम्बुलेन्स खरीद गरेको छ ।
बोस एडभेन्चर प्रा.ली र सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सुबिधायुक्त एम्बुलेन्स खरीद गरेको छ ।
सोलुखुम्बु जिल्लाकै एक नगरपालिका दुधकुण्ड नगरपालिकाले नगर क्षेत्र लगायत सोलुखुम्बु जिल्ला भित्रका बिरामिहरुलाई अस्पताल लैजान र घर ल्याउन निशुल्क एम्बुलेन्स सेवा दिदै आएको छ ।
जिल्लामै एम्बुलेन्सको बड्दो माग र आवश्यकताको कारण बोस एडभेन्चर प्रा.ली र सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सुबिधायुक्त थप एम्बुलेन्स खरीद गरेको छ । अब भने बिरामीहरुले निशुल्क र सुबिधायुक्त एम्बुलेन्स बाट सेवा लिने साथै यस सेवाबाट विषेश गरि आर्थिक अवस्था कमजोर भएका बिरामीको लागि राहत मिलेको बताउँछन् सोलुदुधकुण्ड नगरपालीका प्रमुख नाम्गेल जाङ्बु शेर्पा

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्