कांग्रेस अनुशासन समिति बैठक आज, पार्टीभित्रको विवादमा छलफल हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ५

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको समिति सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।

पार्टीभित्र १५औँ महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला अनुशासन समितिको बैठक बस्न लागेको हो। संस्थापनइतर पक्षले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेपछि बैठकलाई थप चासोका साथ हेरिएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीभित्र देखिएको विवादका विषयमा छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *