|
२०८३ बैशाख २७
काठमाण्डौँ । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति दुर्घटनामा परेको छ । अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको हो ।
मेयर आफैँले चलाइरहेको गाडी सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको थियो । सुदूरपश्चिम प्रदेश नं.०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्