काठमाडौं । सिरहाको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ४० लाख बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रबाट शनिबार राती उक्त ट्रक र अवैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस्ती टोलीले नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको स १ ख ५३५ नम्बरको ट्रकलाई रोकेर खानतलासी गरेको थियो । जाँचका क्रममा ट्रकबाट ट्रकबाट ४० लाख रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले नवराजपुर गाउँपालिका–५ का ५० वर्षीय राजेशकुमार यादव र ३५ वर्षीय आनन्द यादवलाई नियन्त्रणमा लिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्