सर्लाहीको बलरा-१ मा रोकिएको मतदान पुन सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । सर्लाहीको बलरा नगरपालिका–१ को एक मतदान केन्द्रको एक केन्द्रमा केहीबेर रोकिएको मतदान फेरि सुरु भएको छ ।

बिहान केहीबेर सो क्षेत्रमा केही युवाहरू उत्रिएर अवस्था तनावग्रस्त बनाउन खोजेका थिए ।

लगत्तै, मतदान रोकेर प्रमुख जिल्ला अधिकारी रामराज कडरिया र जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कासहित सो मतदान केन्द्रमा पुगेका थिए ।

उनीहरूसमक्ष स्थानीयले आफूहरू त्रसित रहेको मतदान गर्न गाह्रो भएको गुनासो गरे । मतदाताहरूलाई सीडीओ र प्रहरी प्रमुखले ढुक्क रहन आग्रह गरेका छन् ।

यो राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार अमरेश कुमार सिंहको वडा हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *