खोटाङमा हेलिकप्टर दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ४

काठमाण्डौँ । खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा आज हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताएकी छन् ।

दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *