काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार केपी शर्मा ओलीको अन्तर्वार्ता लिन पुगेको पत्रकार अर्जुन आचार्यमाथि एमालेकै भोलेन्टियर्स फोर्सको आक्रमणमा परी घाईते भएका छन् । ओलीको सचिवालयलेनै अन्र्तवार्तामा बोलाएर पत्रकार जाँदा भोलेन्टियर्स फोर्सका व्याक्तिहरुले आक्रमण घाईते पत्रकारले बताएका छन् ।
बिहीबार झापा झापा ५ का अन्य उम्मेदवारको अन्तर्वार्ता लिइसकेपछि आचार्य सहितको टोलीले ओलीको अन्तर्वार्ता लिन प्रयास गरेको थियो । यस क्रममा ओलीले नै अन्तर्वार्ताको लागि आफ्नो सचिवालय मार्फत कमल गाउँपालिकामा बोलाएपछि पुग्दा पत्रकार आचार्यमाथि आक्रमण भएको हो ।
हाम्रोमत कार्यकारी सम्पादक तथा रातोपाटीका संवाददाता रहेका आचार्य सहितको टोली ओलीको घरदैलो अभियान चलिरहेको कमल गाउँपालिका ४ र ५ मा पुगेको थियो । जीवनचोकमा टोली पुग्दा पत्रकार आचार्यमाथि एमाले निकट भोलेन्टियर्स फोर्सका समूहले आक्रमण गरेको हो ।
पत्रकार आचार्यले भिडियो खिचिरहेको बेला मोबाइल खोसेर सो समूहले आचार्यमाथि मुक्का र बुट बजारेको थियो । आक्रमणबाट पत्रकार आचार्यको टाउको, अनुहार र ढाडमा समस्या देखिएको छ । आचार्यको चस्मा र मोबाइल भने आक्रमणकारीले नै लुटेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्