फेरि ओली झापामै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा जाँदैछन्। बिहान १०:२० बजे काठमाडौंबाट उडेर भद्रपुर विमानस्थल अवतरण गर्ने उनको कार्यक्रम छ।

यसअघि माघ २३ गते झापा पुगेर करिब एक सातामा झन्डै ८० गाउँ–टोलमा भेटघाट गरेका ओली पुनः मतदातामाझ फर्किन लागेका हुन्।

आजको कार्यसूचीअनुसार उनले शिक्षकहरूको भेला, धिमाल समुदायको कार्यक्रम तथा मुस्लिम समुदायसँगको अन्तरक्रियामा सहभागिता जनाउनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा विभिन्न क्षेत्रका कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट गर्ने तयारी छ।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहनेछन्। यस अवधिमा दमक क्षेत्रका गाउँ–टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ। दैनिक कम्तीमा ६–७ स्थानमा पुग्ने गरी रुट तय गरिएको जनाइएको छ।

एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार दमक–५ को यलम्बर चोकदेखि सुरु हुने कार्यक्रम शंखधर चोक, तबिन चोक, हल्दार चोक, गजकाली मन्दिर हुँदै आमचोकसम्म जारी रहनेछ। प्रत्येक स्थानमा स्थानीयसँग प्रत्यक्ष संवादको व्यवस्था मिलाइएको छ।

ओलीको यसपटकको झापा बसाइलाई आगामी राजनीतिक तयारी र जनसम्पर्क सुदृढीकरणसँग जोडेर हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *