उदयपुर । उदयपुर जिल्लाको तीन नगरपालिकामा यही पौष १९ गतेदेखि हुरु भएको निशुल्क आँखा जाँच तथा शल्यक्रिया कार्यक्रममा ३ हजार ५ सय भन्दा बढीले उपचार पाएका छन ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको वडा नं ८ को सिद्धिपुरबाट बाट सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा शिविर अन्तर्गत पहिचान भएका मोतिबिन्दुका बिरामीहरूको आँखाको शल्यक्रिया प्रख्यात आँखा रोग विशेषज्ञ तथा तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतको नेतृत्वमा रहेको चिकित्सक टोलीले सुरु गरेको छ ।
गत पुस १९ गतेदेखि चौदण्डीगढी नगरपालिका वडा नं. १ र ८ को चौदण्डीगढी तथा सिद्धिपुरबाट सुरु गरिएको यस बृहत् आँखा शिविर मार्फत पहिचान भएका बिरामीहरूको शल्यक्रिया चौदण्डीगढी नगरपालिका–६ सातधारेस्थित कोभिड अस्पतालमा सोमबारदेखि सुरु गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाका अनुसार शिविर सञ्चालन अवधिमा चौदण्डीगढी नगरपालिकाका सबै वडा तथा त्रियुगा नगरपालिकाका वडा नं. २, ५, ६ र १२ सहित जिल्लाका विभिन्न पालिकाबाट आएका बिरामीहरूको छुट्टाछुट्टै शिविर मार्फत झण्डै ३ हजार ५ सय जनाको आँखा परीक्षण गरिएको छ ।
उक्त परीक्षणका क्रममा करिब साढे पाँच सय जनामा मोतिबिन्दुको समस्या देखिएको र उनीहरूको शल्यक्रिया डा। रुइतको टिमले सुरु गरेको मेयर लामाले जानकारी दिनुभयो ।
शिविरमा उपचारका लागि आएका चौदण्डीगढी नगरपालिका–४ की ६८ वर्षीया माया राईले लामो समयदेखि आँखाले नदेख्ने समस्या भोग्दै आएको बताउनुभयो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्