मुगु जिल्लामा निर्वाचन लक्षित सञ्चारकर्मीसँग अन्तरक्रिया

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १३

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुगुमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला निर्वाचन कार्यालय मुगुले आयोजना गरेको कार्यक्रममा निर्वाचनको तयारी, हालसम्म भएका प्रगति तथा सञ्चारमाध्यमको भूमिकाबारे छलफल गरिएको थियो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख कमल प्रसाद उपाध्यायका अनुसार मुगुका चार स्थानीय तहका ४५ वडामा ४५ जना स्वयंसेवकमार्फत फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। जिल्लामा ६ सय ७४ अस्थायी मतदाताका लागि महाकाली उच्च माध्यमिक विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ।

जिल्लामा ३६ हजार ३१ मतदाता रहेका छन् भने ६७ मतदान स्थल र ६९ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचनका लागि ५ सय ९९ जना कर्मचारी तथा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मीन बहादुर कुँवरले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मीले तथ्यपरक र सन्तुलित समाचार प्रवाह गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष जीवन सेजवालले पनि जिम्मेवार पत्रकारितामा जोड दिएका थिए ।

सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिराज थपलियाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *