जुम्लामा भ्यान दुर्घटना हुँदा ७ जना घाईते २ जनाको अवस्था गम्भीर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ७

काठमाडौं । तातोपानी गाउँपालिका–६ धौलापानी नजिकै भ्यान र ट्याक्टर ठोक्किँदा दुई जना निर्वाचन प्रहरीसहित ७ जना घाइते भएका छन् ।

दुर्घटना बिहीबार दिउँसो करिब १२ बजे भएको हो । जुम्ला बजारबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान ट्याक्टरसँग ठोक्किएर सडकबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परेर हिमा गाउँपालिका–२ ओदि गाउँका २१ वर्षीय निर्वाचन प्रहरी धर्मेन्द्र रोकाय गम्भीर घाइते भएका छन् ।

तिला गाउँपालिका–१ रारागाउँकी ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका–४ छुम गाउँकी ३१ वर्षीया माया नेपाली, तिला गाउँपालिका–२ लम्री गाउँका २१ वर्षीय पारस रावत, तातोपानी गाउँपालिका–३ लिताकोट गाउँकी ४८ वर्षीया पुनी सुनार, तातोपानी गाउँपालिका–२ बाविरा गाउँका १९ वर्षीय लोकेन्द्र खड्का ९भ्यान चालक० तथा तिला गाउँपालिका–२ लम्री गाउँका अर्का निर्वाचन प्रहरी २० वर्षका टेकेन्द्र रावत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो । घाइतेहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *