डोल्पाको त्रिपुरासुन्दरीमा जिप दुर्घटना, थप विवरण आउन बाँकी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २९

काठमाण्डौँ । डोल्पामा जिप दुर्घटना भएको छ । बिहीबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार जिपमा चार जना सवार थिए । उनीहरु गम्भीर घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनास्थलमा जिप टुक्राटुक्रा परेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले भने दुर्घटना परेको खबर साँचो भए पनि थप विवरण संकलनको काम भइरहेको जनाएको छ । घटनास्थलमा प्रहरी गएको र क्षति विवरण संकलनको काम भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *