हुम्लाका २७ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १९

काठमाण्डौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका २७ मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील सूचीमा राखिएको छ ।

२१ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अतिसंवेदनशिल मतदान स्थलमा ८९ जना नेपाल प्रहरी, २८४ जना निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी शंकर खड्काले जानकारी दिए ।

२१ वटा संवेदनशील मतदान स्थलमा ६५ जना नेपाल प्रहरी र १२८ जना निर्वाचन प्रहरी परिचालन हुने र १३ वटा सामान्य मतदान स्थलमा ३९ जना नेपाल प्रहरी ६५ जना निर्वाचन प्रहरी खटिने डिएसपी खडकाले बताए ।

हुम्ला जिल्लाभर ६१ मतदान स्थलमा ६४ मतदान केन्द्र छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *