हृदयराम थानीद्धारा चुनाव नलड्ने घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १

काठमाण्डौँ । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट सुर्खेत २ बाट उम्मेदवार सिफारिस भएका हृदयराम थानीले आफू चुनाव नलड्ने घोषणा गरेका छन् । उनले आफ्नो स्वास्थ्यको प्रतिकूलता देखाउँदै चुनाव नलड्ने घोषणा गरेका हुन् ।

“म सुर्खेत क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएको सबैलाई अवगत नै छ, अर्कोतिर म करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी समस्याले सहज रूपमा हिँडडुल गर्न सकिरहेको छैन,” उनले आफ्नो लेटरहेडमा लेखेका छन्, “म उपचार गरिरहेको छु। तसर्थ मेरो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण माघ ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित र त्यसपछि सक्रिय हुन नसक्ने परिस्थिति देखिएकाले फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु।”

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थानी यसअघि सुर्खेत २ बाट संविधानसभा तथा प्रतिनिधिसभा सदस्य हुँदै आएका थिए । उनी निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन् । उनी २०५६ सालको आमनिर्वाचन, २०७० सालको संविधानसभाको दोस्रो निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट सदस्य निर्वाचिन भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *