काठमाडौँ । कालिकोटका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन् ।
डाक्टरको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तहरूले बुधबार अस्पतालमा भेला भएर आन्दोलन गरिरहेका हुन् ।
कालिकोट खाँडाचक्र नगरपालिका–२ का उमेश बरालका २ वर्षीय छोरा सन्तोष बरालको उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीकै कारण बच्चाको मृत्यु भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक ९एसपी० सुधीरराज शाहीका अनुसार, आइतबार अपराह्न ४ः ३० बजे आफ्नै घरको आँगनमा खेल्ने क्रममा बालक लडेर घाइते भएका थिए । उनलाई तत्काल जिल्ला अस्पताल मान्म लिइयो । कालिकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
गएराति उपचारकै क्रममा बालकको मृत्यु भएको शाहीले बताए । बालकको मृत्युको विषयलाई लिएर बुधबार बिहानैदेखि आफन्तहरू अस्पतालमा भेला भएका थिए । उनीहरूले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानबिनको माग राख्दै अस्पतालमा अवरोध गर्ने प्रयास गरे ।
अस्पतालमा तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालय सुर्खेतबाट २ जना प्रहरी निरीक्षकसहित ६० जना प्रहरी टोली घटनास्थलमा खटाइएको एसपी शाहीले बताए । प्रहरीले सम्झाई बुझाई गरी मृतकका आफन्त र कर्णाली प्रदेश अस्पतालका प्रमुख डा। गणेश थापा नेतृत्वको टोलीबिच छलफल भइरहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्