|
२०८३ आश्विन ११
काठमाडौं । निरन्तरको वर्षाले कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको मात्रा बढेपछि तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
आइतबार बिहानसम्म जलाशयको पानीको सतह १ हजार ५२५.३७ मिटर पुगेको छ। शनिबार राति १० बजेको तुलनामा बिहानसम्म सतह १.२८ मिटरले बढेको हो।
जलाशयमा पानीको सतह प्रतिघण्टा २२ देखि २३ सेन्टिमिटरका दरले उक्लिरहेको छ। जलाशय भरिन अझै १ हजार ५३० मिटरको सतहसम्म पुग्नुपर्ने भए पनि वर्षा जारी रहेकाले सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेको छ।
पानीको सतह थप बढेमा साइरन बजाउने र एसएमएसमार्फत सूचना पठाउने तयारी गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्