तनहुँमा सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २५

काठमाण्डौँ । तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गर्ने र विवरण अद्यावधिक भएअनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने निर्णय गरेको छ ।

जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घरपरिवार मध्येको वास्तविक सुकुम्वासी हुन् र को होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहले गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।

उनका अनुसार वास्तविक पहिचान गरिएका सुकुम्वासीलाई तत्काल अन्य व्यवस्थापन सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधि उपचार तथा परामर्श, महिला तथा अपाङ्गतामैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगायतको तयारी सम्बन्धित स्थानीय तहहरूले गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *