काठमाण्डौँ । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६ सय २२ जना आज दीक्षित हुँदै छन् ।
पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र संंकायमा उच्च शिक्षा हासिल गरेकाहरूलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिएका छन् ।
व्यवस्थापन संंकाययबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि संंकायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र संंकायबाट १२६ जनालाई उपाधि दिइने छ ।
उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अंक ल्याउनेलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ ।
शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्