तारकेश्वरमा घरभित्र चितुवा, दुई जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । काठमाडौं महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेर आक्रमण गर्दा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, स्थानीय अनोजमणी अधिकारीको घरभित्र पसेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन् ।

घाइतेमध्ये दुलाल महर्जनलाई शुभम अस्पताल र मायानाथ वाग्लेलाई आर्मी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको बताइएको छ।

प्रहरीका अनुसार हाल चितुवालाई घरभित्रै थुनेर राखिएको छ ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन् । चितुवा कसरी बस्तीभित्र पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *