सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारको छापा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

काठमाण्डौँ । सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको घरमा अख्तियारले छापा मारेको छ ।

अख्तियारको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिन्धुलीमाढीस्थित पोखरेलको घरमा गएर सोमबार छापा मारेको हो । अख्तियारको टोलीले उनीसँग सोधपुछ पनि गरेको छ ।

सिन्धुलीमाढीस्थित पुरानो सभाहल भत्काउँदा त्यहाँबाट निकालिएको सयौँ क्युफिट काठ हिनामिना गरेको उजुरी परेपछि आयोगले त्यसबारे छानबिन गरिरहेको छ । सभाहल भत्काउँदा नगर प्रहरी ब्यारेक पछाडि राखिएको काठ हिनामिना भएको बारेमा अख्तियारको टोलीले उनीसँग घरमा गएर सोधपुछ पनि गरेको हो ।

उनको घरमा छापा मार्दा काठ नभेटिएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *