काठमाण्डौँ । काठमाडौंको बालाजुमा बुधबार राती टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
काठमाण्डौँ महानगरपालिका वडा नम्बर १६ बालाजु बाइसधारा मन्दिर नजिकै करिब साढे १० बजे राति बा।प्र–०१–००६ख ३४५४ नम्बरको टिफरले लु.५९ प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करका कारण मोटरसाइकलमा सवार अर्घाखाँचीको मालारानी गाउँपालिका –५ घर भई हाल काठमाडौँको बसुन्धरा बस्ने २१ वर्षीय सागर खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उनको उपचारको क्रममा राति सबा ११ बजे मृत्यु भएको हो ।
दुर्घटनामा अर्घाखाँची सन्धिखर्क नगरपालिका घर भई हाल काठमाडौँ–१६ बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्