मन्त्रिपरिषदमा सबैभन्दा धनी शिक्षामन्त्री सस्मित पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३०

काठमाडौं — मन्त्रिपरिषदका सदस्यहरूमध्ये शिक्षामन्त्री सस्मित पोखरेल सबैभन्दा धनी मन्त्रीका रूपमा देखिएका छन्। उनले सार्वजनिक गरेको विवरणअनुसार उनको कुल अनुमानित सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको छ।

उक्त सम्पत्तिबाट ७५ लाख रुपैयाँ ऋण कटाएपछि उनको खुद सम्पत्ति निर्धारण गरिएको हो। मन्त्री पोखरेलसँग काठमाडौंमा दुईवटा घर रहेका छन्। काठमाडौं–४ मा करिब चार करोड रुपैयाँ र कागेश्वरी मनोहरामा करिब पाँच करोड रुपैयाँ मूल्य पर्ने घर रहेका छन्।

त्यसैगरी, उनका नाममा पाँच स्थानमा जग्गा रहेको छ। काठमाडौं–४ मा साढे दुई करोड, विराटनगरमा एक करोड, ललितपुरको गोदावरीमा डेढ करोड, काठमाडौंको गोकर्णेश्वरमा डेढ करोड तथा पुनः गोदावरीमै करिब पाँच करोड रुपैयाँ मूल्य बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ।

उनले २५ तोला सुन, १०० तोला चाँदी र करिब २५ हजार रुपैयाँ नगदसमेत राखेको उल्लेख गरेका छन्, जसको कुल मूल्य करिब ७५ लाख रुपैयाँ बराबर हुन्छ।

यद्यपि, बैंक खातामा भने उनको जम्मा ४ लाख ४७ हजार रुपैयाँ मात्र रहेको देखिएको छ।

मन्त्री पोखरेलको यो सम्पत्ति विवरण सार्वजनिक भएसँगै मन्त्रिपरिषदका सदस्यहरूको आर्थिक अवस्थाबारे चासो बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *