|
२०८२ चैत्र २४
बुटवल । रुपन्देहीमा लागुऔषध ओसारपसार रोक्ने क्रममा प्रहरी कारबाहीका बेला एक जना घाइते भएका छन्। रोहिणी गाउँपालिका क्षेत्रमा शंकास्पद मोटरसाइकललाई रोक्न खोज्दा भाग्न खोजेका तीन जनामाथि प्रहरीले गोली चलाएको थियो।
घटनामा विशाल यादवको खुट्टामा गोली लागेर घाइते भएका छन् र उनको उपचार भैरहवास्थित अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार भाग्ने क्रममा उनीहरूले ढुंगा प्रहार गरेपछि बाध्य भएर गोली चलाइएको हो।
प्रहरीले घटनास्थलबाट तीन जनालाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा लागुऔषधसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्