|
२०८२ चैत्र २१
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका केही स्थानमा निर्धारित समयका लागि विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ। प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने इमाडोल फिडरबाट सेवा लिइरहेका क्षेत्रमा पुराना पोल प्रतिस्थापन गर्न लागिएको हो।
यस कार्यअन्तर्गत नरेफाट, सिसिआरसी कलेज वरपर तथा सूर्यकोटमार्ग क्षेत्रमा रहेका ११ केभी क्षमताका पोलहरू परिवर्तन गरिनेछ। सोही कारण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहने जानकारी दिइएको छ।
विद्युत् आपूर्तिमा हुने अस्थायी अवरोधबाट सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै आवश्यक कामका लागि सहयोग गर्न अनुरोध गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्