ताप्लेजुङमा हावाहुरीले ७५ लाख बढीको क्षति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३

काठमाडौँ । आइतबार र सोमबार आएको शक्तिशाली हावाहुरीले ताप्लेजुङमा करिब ७५ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डेढ दर्जनभन्दा बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढी असर सिदिङ्वा गाउँपालिकामा परेको छ, जहाँ पुरानो वडा कार्यालय भवनको छानो उडाउँदा मात्रै ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।

हावाहुरीले विद्यालय, धर्मशाला, अन्न पिस्ने मिल तथा विभिन्न निजी घरमा समेत क्षति पुर्‍याएको छ। अन्य पालिकाहरू—पाथीभरा याङवरक र आठराई त्रिवेणी—मा पनि घरका छाना उड्दा नोक्सानी भएको छ।

प्रहरीका अनुसार जिल्लाभर क्षतिको विवरण आउने क्रम अझै जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *