|
२०८२ चैत्र ३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा अभियोग संशोधनविरुद्ध दायर गरिएको रिटमाथि नेपालको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ।
सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। तर मुद्दा पूर्ण रूपमा टुंगो नलागेकाले “हेर्दाहेर्दैमा” राखिएको थियो।
यसअघि महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाएर ठगीसम्बन्धी मुद्दामा मात्रै कारबाही गर्न निर्देशन दिएकी थिइन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्