नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा स्विस प्रशिक्षक एरेना नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २९

काठमाडौं – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स, सातदोबाटोमा एन्फा महासचिव किरण राईले उनलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरे।

एरेनाको पहिलो जिम्मेवारी आगामी मार्च २६ मा दशरथ रंगशालामा हङकङसँग हुने मैत्रीपूर्ण खेलबाट सुरु हुनेछ।

एरेनाले यसअघि सिंगापुरको एतोइल एफसी, अल्जेरियाको सिआर बेलौइजदाद, जाम्बियाको बिल्डकन एफसी लगायत विभिन्न क्लबहरूमा प्रशिक्षकको रूपमा काम गरिसकेका छन्। पछिल्लोपटक उनले २०२३ मा लाओसको यू–२३ टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *