|
२०८२ फाल्गुन ८
काठमाडौं – रेडबुल एन्फा महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा एपिएफले प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। उदयपुरस्थित थरुहट रंगशाला मा बिहीबार भएको खेलमा एपिएफले संकटा क्लब लाई ३–० ले पराजित गर्यो।
रश्मिकुमारी घिसिङले ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। त्यसको दुई मिनेटपछि अनिता केसीले गोल थप्दै पहिलो हाफमै २–० को मजबुत स्थिति बनाइन्। खेल सकिन तीन मिनेट बाँकी रहँदा गीता रानाले अर्को गोल गर्दै जित पक्का गरिन्।
उत्कृष्ट प्रदर्शन गरेकी मनमाया दमाई खेलको उत्कृष्ट खेलाडी घोषित भइन्। अब एपिएफले उपाधिका लागि शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब सँग प्रतिस्पर्धा गर्नेछ।
अखिल नेपाल फुटबल संघ द्वारा आयोजित प्रतियोगिताको विजेताले ट्रफीसहित ७ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्