|
२०८२ फाल्गुन ३
बैतडी — जिल्लामा नसर्ने रोगको जोखिम बढ्दै गएपछि स्थानीय तहहरूले घरदैलोमै पुगेर परीक्षण अभियान सुरु गरेका छन्। विशेषगरी सुर्नया गाउँपालिका ले एकमहिने अभियान सञ्चालन गर्दै आठवटै वडाका ६६ टोलमा स्वास्थ्यकर्मी खटाएको जनाएको छ।
३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै उच्च रक्तचाप, मधुमेह, उचाइ–तौल अनुपात जस्ता परीक्षण निःशुल्क गरिँदै आएको छ। परीक्षणका क्रममा समस्या देखिएकालाई आवश्यक औषधि वितरण गर्नुका साथै थप उपचारका लागि अस्पताल र स्वास्थ्य केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार जाँच गरिएकामध्ये करिब आधामा कुनै न कुनै समस्या देखिएको छ। नागरिकलाई समयमै सचेत गराई उपचारको पहुँचमा ल्याउने उद्देश्यले अभियानलाई तीव्र पारिएको जनाइएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्