राष्ट्रिय सभामा आज चलचित्र विधेयक पेश हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २८

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आज बस्ने राष्ट्रिय सभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने तयारी गरेकी छन्। संघीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १:१५ बजे सुरु हुनेछ र प्रधानमन्त्रीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राख्दै पारितका लागि सभासमक्ष पेश गर्नेछिन्।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ। साथै, विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८१/८२ प्रस्तुत गरिनेछ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन ऐन, २०४९ र त्यसअन्तर्गत बनेका नियमहरूबारे तयार पारेको अध्ययन प्रतिवेदनमाथि छलफल गर्ने प्रस्ताव पनि बैठकमा पेश हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *